‘१०० प्रतिशत जब ग्यारेन्टी, मासिक २५ हजार तलब!’ भन्दै २५ सय जनालाई थाङ्नामा सुताए
सांकेतिक तस्बिर
काठमाण्डौं । सामाजिक संजाल फेसबुकमार्फत आकर्षक जागिर मिलाइदिने भन्दै ४ हजार ५ सय जनालाई ठगी गर्ने एक व्यक्ती पक्राउ परेका छन्। ‘१०० प्रतिशत जब ग्यारेन्टी, मासिक २५ हजार तलब!’ भन्दै फर्म शुल्क २ हजार ५ सय रुपैयाँ प्रत्यक व्यक्तीबाट उठाउँदै आएका कृष्णप्रसाद पौडेल पीडितहरुको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरिसकेको छ
स्याङ्जा फेदीखोला ४ स्थाई ठेगाना भएका २१ वर्षीय पौडेल फेसबुकमै राखेको विज्ञापनले विभिन्न जिल्लाका युवाहरुलाई ठगेको पीडितहरुले बताएका छन्। सुरुवातमा २ हजार ५ सय तिरेर फाराम भर्ने अन्तर्वार्ता लिइने र पछि कल आउने जानकारी ठगिएका युवाहरूलाई पौडेलले बताएका थिए। उनले अन्तर्वार्ता भनेर कसैलाई फेल गराउने, पास भएकालाई पनि जागिर नलगाउने गरेका थिए।
पौडेलले फेल भएकालाई अर्को पदमा जागिर लगाउने बताउँदै पुनस् फाराम भर्न समेत लगाउथे। पौडेलको उक्त व्यवहार पछि युवाहरू इलाका प्रहरी कार्यालय शिशुवामा जाहेरी दिन गएका थिए। युवाहरू नै त्यसरी ठगिएको भन्दै जाहेरी दिन गएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
सय बढी पीडित युवाहरूले शुक्रवार प्रहरी कार्यालय कास्कीमा धर्ना दिन पुगेपनि आइतवारमात्र जाहेरी परेको हो। आइतवार पनि पीडितहरु प्रहरी कार्यालय पुगेका थिए।
पीडितहरुको आरोप अनुसार पौडेलले जनही २ हजार ५ सयको दरले एक करोड १२ लाख ५० हजार ठगी गरेको देखिन्छ। तर, पौडेलले भने आफुले १७ लाख उठाएको स्वीकार गरेका छन्।







डिसी नेपाल








Facebook Comment