एमसीसी पासभएपछि नेपालको अर्थतन्त्र चलायमान हुने फातिमाको दाबी

डिसी नेपाल
२८ भदौ २०७८ ६:२४
884
Shares

काठमाडौं । एमसिसी पास भएपछि नेपालको अर्थतन्त्र चलायमान बनाउन सकिने सन्देश दिँदै उपाध्यक्ष फातिमा आइतबार साँझ नेपालको भ्रमण सकेर फर्र्र्किएकी छिन्। नेपाल भ्रमणपछि आइतबार गरेको पत्रकार सम्मेलनमा एससीसी जतिसक्दो चाँडो पारित हुँदा नेपाली अर्थतन्त्रलाई चलयमान बनाउन सहयोग पुग्ने उनको दाबी थियो।

गत विहिबार नेपाल भ्रमणमा आएकी उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट आफ्नो भेटघाटलाई सुरुवाति गरेकी थिइन्। विपक्षी दलका नेताबाट भेटघाटको सुभारम्भ गरेकी उनले सत्ता गठबन्धनका शीर्ष नेताहरु, अर्थमन्त्रीलगायतका व्यक्तित्वसँग भेटघाट गरेकी छिन्।

एमसीसी सम्झौतामा रहेका विवादित विषयमा स्पष्ट पार्ने कोसिस गर्दै सुमारले भेटेका सबै नेताहरुसँग एमसीसी जतिसक्दो चाँडो अनुमोदन गराउनेमा जोड दिएकी थिइन्।

लामो समयदेखि सांसदमा विचाराधीन रहेको एमसीसी सम्झौता अनुमोदन गराउन अमेरिकाले थालेको प्रयास स्वरुप एमसीसी उपाध्यक्ष सुमारले नेपाल भ्रमण गरेकी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *