यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाण्डौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पहिलेको तुलनामा मौसम केही परिवर्तन भइ काठमाडौं उपत्यकालगायत धेरै क्षेत्रमा बिहानैदेखि मौसम सफा देखाएको छ ।
तर, केही प्रदेशका उच्च तथा हिमाली भेगमा र तराइका केही क्षेत्रमा भने वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । मंगलबार दिउँसोमा देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, रातीमा देशभर आंशिक देखि सामान्य बदली रही बाग्मती, गण्डकी प्रदेशका केही र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment