सरकारले खर्च गर्न नपाउने

डिसी नेपाल
३० भदौ २०७८ ६:३४
200
Shares

काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभा बैठक १५ मिनेटमै सकियो। अर्को बैठक असोज ४ गतेसम्म बस्ने निश्चित भयो। संसदबाट बजेटसम्बन्धि प्रस्तिस्थापन विधेयक पास भएन।

मंगलबार प्रतिस्थापन विधेयक पास नभएपछि सरकारलाई बुधबारबाट खर्च गर्न कानूनि जटिलता आउने देखिएको कानूनका जानकार बताउँछन्। संसद असोज ४ गतेसम्मका लागि स्थगित भएकाले तत्काल पास हुने अवस्था छैन।

सरकारले पेस्की बजेट ल्याउने अवस्थापनि छैन। प्रतिस्थापन विधेयक पास नभएकाले सरकारले खर्च गर्न नपाउने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

अध्यादेश मार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न वर्तमान सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट ल्याएको थियो। दुई पटक बजेट ल्याएर अन्यौलता उत्पन्न भइरहेका बेला सरकारलाई अर्को जटिलता आइलागेको छ।

प्रतिस्थापन बजेट पास नभएसम्म सरकारले तलव भत्ता लगाएतका राज्य संचालनको लागि आवश्यक खर्च गर्न पनि पाउँदैन। प्रतिस्थापन विधेय कुनै अवरोध नभए पनि पास गर्न २० दिन लाग्ने पाण्डेको भनाइ छ। आजको नागरिक दैनिकले यो खबर छापेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *