सरकारकाे नेतृत्व गर्ने बारे जसपाका दुई विकल्प

डिसी नेपाल
३० भदौ २०७८ ६:५६
360
Shares

काठमाडौं । जनता समाजवादी पार्टीले (जसपा)ले सरकारमा जाने विषयमा बिकल्प तयार पारेको छ। उपप्रधानमन्त्री पाए जसपाका अध्यक्ष उपेन्द्र यादव आफ्नो नेतृत्वमा सरकारमा सहभागि हुने छन्।

उपप्रधानमन्त्री नपाएको अवस्थामा उनले राजेन्द्र श्रेष्ठको नेतृत्वमा आफ्नो पार्टीलाई सरकारमा सहभागि गराउने बारे सोचेका छन्। उपप्रधानमन्त्री पाएपछि आफू नेतृत्व लिने मन्त्री बन्नेहरुको नाम तथा श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी भएको अवस्थामा मन्त्री बन्नेको नाम तयार पारेको स्रोत बताउँछ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन बैठकमै सरकार विस्तार गर्दा उपप्रधानमन्त्री नराख्ने बताइसकेकाले यादवले भन्दा श्रेष्ठले जसपाको तर्फबाट सरकारको नेतृत्व गर्ने सम्भावना बढी छ।

पार्टी अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईबीच यो विषयमा सहमतिसमेत जुटिसकेको स्रोतको दाबी छ। जसपा संसदीय दल र कार्यकारिणी समिति बैठकले मन्त्री हुनेको नामावली टुंगो लगाउने अधिकार अध्यक्ष यादवलाई दिइसकेको छ।

आजको राजधानी दैनिकले यो खबर छापेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *