अर्जुन पाैडेलकाे ‘चुम्बन गरिस्यो’ सार्वजनिक
चितवन । गायक अर्जुन पौडेलको स्वर रहेको पहिलो लोक दोहोरी गीत ‘चुम्बन गरिस्यो’सार्वजनिक भएको छ ।
गायक पौडेलको नै शब्द रहेको गीतमा पौडेललाई स्वरमा प्रेमकला कुँवरले साथ दिएकी छिन्। सार्वजनिक गीतको भिडियोको मोडलमा भने बिमल अधिकारी र अञ्जली अधिकारी रहेका छन्।यस गीतको संगीत र भिडियो निर्देशन मोडल बिमल अधिकारीको नै रहेको छ।
अहिले बजारमा चलेका शब्दहरु साथै युवापुस्ताले खोजेका ठट्यौली शब्दहरुलाइ लिएर गीत बनाइएको गायक अर्जुन पौडेलले डिसी नेपाललाई बताए।
राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन् । भिडियो भावना म्युजिक सोलुसन युटुब च्यानलबाट सार्वजनिक भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment