ब्रा देखाउँदै एयरपोर्ट पुग्ने अभिनेत्री फेरि मोजाको ब्रा लगाएर सडकमा निस्किइन् (तस्वीरहरु)

डिसी नेपाल
३० भदौ २०७८ १६:०१
1.3k
Shares

काठमाडौं। बिग बोस ओटीटी फेम उर्फी जावेद सानो पर्दाकी चर्चित अभिनेत्री हुन् । हालै बिग बोसमा देखिएकी उर्फी पहिलो हप्तामै आउट भइन् । शोबाट बाहिरिएपछि उनी आफ्नो ड्रेसअपका कारण लगातार ट्रोल भइरहेकी छिन् । पछिल्लो समय उर्फी सामाजिक संजालमा निकै सक्रिय देखिएकी छिन् ।

हालै एयरपोर्टमा ब्रा देखाउँदै पुगेका कारण उनलाई निकै ट्रोल गरिएको थियो । अहिले फेरि उनी मोजाको ब्रा बनाएर लगाएपछि फेरि ट्रोलरको निशानामा परेकी छिन् । मंगलबार उर्फीले बैजनीको पेन्टसँग गाढा बैजनी रंगको मोजालाई ब्राको रुपमा लगाएर पोज दिइन् । यो पालुकमा उनले पापाराजीलाई पनि पोज दिइन् । यसपछि उनको फोटो र भिडियोलाई लिएर निकै ट्रोल गरिएको छ ।

 

View this post on Instagram

 

A post shared by Instant Bollywood (@instantbollywood)

स्वयं उर्फीले पनि यो लुकमा कैयौं फोटोहरु शेयर गरेकी छिन् । फोटो शेयर गर्दै उनले आफूले मोजाको ब्रा बनाएको र टिसर्टलाई काटेर आफ्नो यो नयाँ आउटफिट बनाएको बताएकी छिन् । सामाजिक संजालमा केहीले उनको सिर्जनशीलताको तारिफ गरेका छन् भने केहीले उनलाई ट्रोल गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.