कोरोनाको खोप लगाए ब्रेकअप दिने ब्वायफ्रेण्डको धम्की

डिसी नेपाल
३१ भदौ २०७८ ११:५६

काठमाडौं। कोरोनाभाइरसबाट बच्नको लागि खोप अत्यन्तै जरुरी भएको वैज्ञानिकहरुले बताइरहेका छन् । तर, बेलायतमा एक युवकले आफ्नी गर्लफ्रेण्डलाई निकै विचित्रको धम्की दिएका छन् । युवकले आफ्नी गर्लफ्रेण्डलाई कोरोनाको खोप लगाए ब्रेकअप दिने धम्की दिएका छन् ।

डेली मिररको एक रिपोर्टअनुसार युवतीले आफ्ना ब्वायफ्रेण्डको यो विचित्र धम्कीबारे सामाजिक संजाल रेडिटमा शेयर गरेकी छिन् । उनका अनुसार उनी र उनका ब्वायफ्रेण्ड १ वर्षदेखि सम्बन्धमा छन् । उनले कोरोनाको पहिलो डोज खोप धेरै पहिले लगाइसकेकी छिन् । तर, जब दोस्रो डोज लगाउने समय आयो त्यसपछि ब्वायफ्रेण्डले विचित्र धम्की दिन सुरु गरे ।

युवतीका अनुसार ब्वायफ्रेण्डले उनलाई दोस्रो डोज कुनै हालतमा नलिन भने । यति मात्र होइन उनलाई ब्वायफ्रेण्डले दोस्रो डोज खोप लगाए छोडिदिने धम्की पनि दिए । पहिले त उनले आफ्ना ब्वायफ्रेण्डले ठट्टा गरेको ठानेकी थिइन् । तर, पछि उनलाई थाहा भयो कि उनका ब्वायफ्रेण्ड यस विषयमा गम्भीर थिए ।

अब युवतीले खोप पूरा नगरे उनको पढाइ छुट्नेछ र पूरा गरे उनको सम्बन्ध टुट्नेछ । यस्तोमा उनले रेडिटमा अरुसँग सल्लाह मागेकी छिन् । केहीले उनलाई ब्वायफ्रेण्डको वास्ता नगरेर खोप पूरा गर्न सुझाव दिएका छन् । ब्वायफ्रेण्डको लागि जीवनसँग खेलवाड गर्न नहुने सुझाव दिएका छन् । केहीले उनलाई खोप कति जरुरी छ भन्ने ब्वायफ्रेण्डलाई बुझाएर उनलाई राजी गराउन भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *