दशैँअघि विद्यालय नखोल्ने निर्णय
काठमाडौं । बिहीबार महानगरको शिक्षा समिति,अभिभावकलगायत सरोकारवाला निकायसँग बसेको बैठकले काठमाडौं महानगरपालिका भित्रका निजी तथा सामुदायिक विद्यालय दशैँ अगाडि नखुल्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न जिल्लाभरिका स्थानीय तहलाई अनुमति दिएको थियो। यसका लागि स्थानीय तहले आवश्यक छलफल गरी निर्णय लिनुपर्ने थियो।
नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले अहिले विद्यालय सञ्चालनका लागि तयारी मात्रै गर्ने निर्णय भएको जानकारी दिए। ‘आज बसेको बैठकले दशैँ अगाडि नखोल्ने निर्णय भएको छ,अहिले तयारी गर्ने र समय अनुकूल भएका दशैँपछि मात्र खोल्न सकिने भन्ने निर्णय भएको छ,’उनले भने।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment