बलात्कारपछि गर्भपतन गराएको आरोपमा युवक पक्राउ

डिसी नेपाल
३१ भदौ २०७८ १९:३०

काठमाडौं । बालिका बलात्कारको आरोपमा प्रहरीले आकाश झालाई पक्राउ गरेको छ ।

जलेश्वर नगरपालिका–९ का २४ वर्षका झाले घरमा काम गर्ने १५ वर्षकी बालिका बलात्कार गरेको र बलात्कारबाट रहेको गर्भपतन गराएको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

झालाई उनलाई पीडित पक्षको उजुरीको आधारमा झालाई घर नजिकैबाट पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

पक्राउ परेका झाविरुद्व अनुसन्धानका लागि महोत्तरी जिल्ला अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *