डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका जाँदै

डिसी नेपाल
३१ भदौ २०७८ १९:४९
72
Shares

काठमाडौं । डा. गोविन्द केसी विश्व शान्ति दिवसका अवसरमा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिकी प्रस्थान गर्दै छन्।

स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि आन्दोलन गर्दै आएका डा. केसी बिहीबार अमेरिका जान लागेका हुन्। दुईदिने सामूहिक सत्याग्रह’ को अवधारणा लिएर डा. केसी बिहीबार न्यूयोर्क जान लागेका हुन् । उनको अगुवाइमा सेप्टेम्बर २० र २१ मा दिनको १ देखि ४ बजेसम्म न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन हुने भएको बताइएको छ ।

प्रदर्शनीमा संसारभर डरलाग्दो समस्याका रुपमा बढ्दै गरेको जलवायु परिवर्तनलगायत सबैका लागि स्वास्थ र शिक्षा तथा सबैका लागि कोभिड खोपका विषयमा विश्वका नेताहरुको ध्यानाकर्षण गराइने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.