सुरक्षा निकायमा युवाको आकर्षण

डिसी नेपाल
१ असोज २०७८ ७:१२
228
Shares

काठमाडौं । राज्यका प्रमुख सुरक्षा निकायहरूमा जागिर खान इच्छुक किशोरकिशोरीको आकर्षण बढेको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रिक्त दरबन्दीका लागि विभिन्न समयमा आह्वान गरेको खुला तथा समावेशी प्रतिस्पर्धाबाट जागिरका लागि आवेदन गर्नेहरूको सङ्ख्या बढ्नुले यसको सङ्केत गर्दछ।

नेपाल प्रहरीले केही महिनाअघि पाँच हजार दुई सय २७ जना प्रहरी जवानको माग गरेको थियो। सो पदका लागि करिब ९५ हजार आवेदन परेको छ। यसअनुसार एउटा पदका लागि १८ जनाबीच प्रतिस्पर्धा भएको देखिन्छ।

त्यस्तै नेपाली सेनाले पनि यही १८ गतेबाट चार हजार सैन्य (सिपाही)को माग गरेको छ। सैन्यमा भर्ना हुन दरखास्त आवेदन दिन आउनेहरूको सैनिक मुख्यालयलगायत विभिन्न बाहिनी र गणहरूमा किशोरकिशोरीको भीड देखिन्छ।

सेनाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट जनशक्ति आपूर्ति गर्न सैन्य (सिपाही)देखि प्राविधिक परिचारिक (नर्सिङ) हेल्थ असिस्टेन्ट, मेकानिकल्स र पुजारीलगायत चार हजार चार सय ६१ पदका लागि दरखास्त आह्वान गरेको छ।

रक्षा निकायहरूको तल्लो तहको दर्जा सैन्य, सिपाही तथा जवानका लागि शैक्षिक योग्यता साधारण शिक्षा (८ कक्षा उत्तीर्ण) र १८ देखि २२ वर्ष उमेर तोकिएकाले सो दर्जामा आवेदन दिनेहरूको सङ्ख्या उल्लेख्य हुने गरेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए। आजको गोरखापत्रले यो खबर छापेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *