चीनबाट आउन बाँकी खोप आज आउँदै
काठमाडौं । चीनबाट खरिदगरेको कोरोना विरुद्धको भेरोसेल खोपको बाँकी डोज आज नेपाल आउने भएको छ। नेपाल एयरलाइन्सको वाइटबडीमार्फत उक्त डोज खोप नेपाल आउने हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० लाख डोज भेरोसेल खोप सरकारले चीनसँग खरिद गरेको थियो। उक्त मध्ये १६ लाख डोज खोप पहिले नै आइसकेको छ भने बाँकी ४४ लाख डोज खोप आज दिउसो दुई बजे नेपाल पुग्ने छ।
अहिलेसम्म नेपालमा १ करोड बढी डोज खोप आएको छ। हालसम्म सरकारले ५४ लाख ७३ हजार १ सय ५१ जनालाई पूर्ण खोप लगाएको छ। भने ६० लाख ५७ हजार एक सय ९४ जनाले पहिलो मात्राको खोप लगाएर बसेका छन्।
चीनबाट आउने खोप आएपछि पुनः खोप अभियान संचालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment