कांग्रेस डडेल्धुरामा विवादःछलफल गर्न देउवाले बोलाए बालुवाटार

डिसी नेपाल
१ असोज २०७८ १४:४६
28
Shares

काठमाडौं। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराको विवादित अधिवेशन विषयमा छलफल गर्न पौडेल समूहका नेताहरुलाई छलफलमा बोलाएका छन्।

प्रधानमन्त्री देउवाको आफ्नै गृहजिल्ला डडेल्धुरामा विधान विपरित मनपरि ढंगबाट क्रियाशील सदस्यता बितरण भन्दै जिल्ला सभापति कर्णबहादुर मल्लले अधिवेशन बहिस्कार गरेका छन्।

तर निर्वाचन समितिले मल्लको असहमति वाबजुतपनि भदौ २५ गते वडा अधिवेशन गरेपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अलोकतान्त्रिक ढंगबाट सत्ताको चरम दुरुपयोग गरेको भन्दै पुनःअधिवेशन गर्नुपर्ने माग राख्दै आएको छ।

यही विषयमा छलफल गर्न प्रधानमन्त्रीले आज पौडेल समूहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन्।सभापतिजी ले प्रहरी परिचालन गरि वडाको अधिवेशन गराउनु भएको छ,लोकतन्त्रमा यस्तो कदम किमार्थ स्वीकाय हुँदैन।

त्यहाँको विवाद अन्त्य गरेर पुनःअधिवेशन गर्नुपर्छ।त्यसलै यही विषयमा छलफल गर्न सभापतिले बैठक राख्नु भएको हो।हामी बैठकमा आफ्नो कुरा राख्छौँ।।’पौडेल समुहका एक नेताले भने। बैठक दिउँसो आज ३ बजे डाकिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *