नेपालले अमेरिकालाई दियो १ सय ७५ रनको लक्ष्य
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले अमेरिकालाई १ सय ७५ रनको लक्ष्य दिएको छ ।
ओमनको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध सुरुवाती ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै १ सय ७४ रन बनायो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रन जोडे भने कुशल भुर्तेलले ३६ रन बनाए । डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए भने करण केसी १२ रनमा आउट भए । विनोद भण्डारी ले १० रन जोड्दा रोहित पौडेल र सोमपाल कामी २र२ रनमा आउट भए ।
कुशल मल्लले खाता खोल्न सकेनन् भने आसिफ शेख पनि ३ रनमा आउट भए । सन्दीप लामिछाने ११ रनमा आउट हुँदा सुशन भारीले अविजित २ रन जोडे ।
प्रतिक्रिया
Facebook Comment