प्रिति आले र प्रकाश रसाइलीको आवाजमा ‘बनैमा लस्करै सल्ला’

डिसी नेपाल
२ असोज २०७८ १४:२३
252
Shares

काठमाडौं । आँचल शाहीकाे गीतमा चर्चित गायिका प्रिति आले र प्रकाश रसाइली (भाबुक)ले स्वर दिएका छन्। आँचलले भरखरैमात्र बनैमा लस्करै सल्ला बजारमा ल्याएकी छिन्। आँचल शाहीले लेखेको शब्दमा गायक रसाइलीले संगित भरेका छन्।

लामो समयदेखि गीत संगीतमा लागेका भाबुक आफूले आवाज दिएको यो गीत चल्नेमा ढुक्क छन्। यसै पनि प्रिति आलेले गाएका गीतहरु सामाजिक सञ्जालमा चल्ने गरेका छन्।

भरखरै सुरुवात भएको माया प्रेममा शंका गरिएको छ। ‘हाम्रो माया चल्लाकी नचल्ला’, समाजिक परिवेश र माया प्रेममा परेका उनीहरुलाई घर परिवारले सहयोग गर्ने नगर्नेमा शंका गतिमा व्यक्त गरेको छन्।

खम्बे इन्टरटेन्मेन्टको यूट्युव च्यानलमा सार्बजनिक भएको उक्त गीतले दर्शको माया पाउन थालेको छ। गीतमा विनोद परियार (झुले) र सरस्वती तामाङ (एलिजा)ले अभिनय गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *