जसपाले संविधान दिवसको कार्यक्रममा भाग नलिने

डिसी नेपाल
२ असोज २०७८ १६:३९

काठमाडौं । संविधान दिवसको पूर्वसन्ध्यानमा शनिबार जसपा अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गरि संविधान दिवसमा सहभागी नहुने जनाएका छन्।

“संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि उक्त दिन अर्थात् असोज ३ गते संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरूमा ‘संविधान संशोधनको आवश्यकता’ विषयक अन्तरक्रिया आयोजना गरी उक्त संविधानमा रहेका विभेदकारी प्रावधानहरूको विरोध गर्न आम जनसमुदाय एवम् सम्पूर्ण पार्टी संगठनहरूलाई आह्वान गरिन्छ,” अध्यक्ष उपेन्द्र यादवद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।

जसपाले नेपालको संविधान २०७२ ले मधेसी, आदिवासी जनजाति, दलितरशिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यकलगायतले उठाउँदै आएका मुद्दाहरूलाई सम्बोधन नगरेको भन्दै विरोध गर्दै आएको छ । सत्तारुढ दलका नेता यादवले संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायतत्ता, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरू अधुरो र अपूर्ण रहेको जनाएका छन्।

नेपालको संविधान २०७२ ले मधेशी, आदिवासी जनजाति, दलितरशिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायका साथै उत्पीडित जातजाति एवं समुदायले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको जसपाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *