११ हजार ३८५ परीक्षण गर्दा १ हजार ६६ जनामा कोरोना संक्रमण
काठमाडौं । गत २४ घण्टामा नेपालमा ११ हजार ३८५ जनाको परीक्षण गर्दा १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार २३४ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ५४० पीसीआर परीक्षण गर्दा ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार ८१८ परीक्षण गर्दा २३१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा १६ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ८२ जना रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment