हजुरआमाको सुन लुट्न हँसिया प्रहार गरी हत्या, शव घिसार्दै बारीमा पुरे
काठमाडौं । बझाङको दुर्गाथली गाउँपालिका–५ मा कानको मुन्द्रा लुट्न नातिले ८५ वर्षीया हजुरआमालाई हँसियाले हानेर हत्या गरेका छन् ।
रिखीदेवी जप्रेल भदौ २७ गतेदेखि बेपत्ता थिइन्। उनका छोरा सोही वडाका अध्यक्ष रामबहादुरले उक्त कुरा प्रहरीलाई जानकारी दिए। रीखीदेवी रामबहादुर बस्ने घरभन्दा करिब १ सय मिटर टाढा रहेको घरमा २३ वर्षीय नाति सुवाससँग बस्दै आएकी थिइन् ।
‘म र मेरी बज्यै (हजुरआमा) सँगै एउटै घरमा बस्थ्यौँ । भदौ २७ गते बिहान ८/९ बजेको समयमा मैले उनलाई हँसियाले हानेको थिएँ । हँसिया प्रहारपछि रगतम्य भएकी बज्यैको कानमा रहेका २ र नाकमा रहेको १ गरी ३ वटा गहना निकालें । मेरो कपडामा पनि रगत लागेको थियो । मैलै त्यो कपडा फुकालेर शौचालयमा राखेर बजार गएँ । दिउँसो बजारमा त्यो सुन बेचेर आएपछि साँझ करिब ७ बजेतिर बज्यैको शवलाई घिसार्दै बारीमा लगे र खाल्डो खनेर पुरें,’ सुवासले प्रहरीसँगको बयानमा भनेका छन् ।







डिसी नेपाल








Facebook Comment