ऐन कानून जनताकै भावना अनुसार बनेका छन् : मुख्यमन्त्री भट्ट
फाइल फाेटाे
डोटी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले मार्गनिर्देश गरेका अभिभारालाई आत्मसात् गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा प्रदेश सरकार अगाडि बढेको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्रदेश सरकारले सबै प्रकारका ऐन कानून जनताकै भावना अनुसार तयार गरी कार्यान्वयन गरिराखेको उल्लेख गरे।
सन्देशमा भनिएको छ “ संविधानले सबै प्रकारका विभेदको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताका सूत्रमा आबद्ध हुन प्रेरणा मिल्ने छ।”
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment