मुख्यमन्त्रीको निर्णय, मन्त्रीकै विरोध

डिसी नेपाल
३ असोज २०७८ १६:३७

काठमाडौं । भौतिक पूर्वाधारमन्त्रीले मुख्यमन्त्रीको निर्णयप्रति विरोध जनाएका छन् ।

आइतबार काठमाडौंमा महेन्द्रनारायण निधि प्रतिष्ठानले गरेको कार्यक्रममा प्रदेश नम्बर–२ का भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले मुख्यमन्त्री लालबाबु राउतको निर्णयप्रति विरोध जनाएका हुन् ।

“लोसपा र जसपाले कालो दिन मनाउने निर्णय गरेछ, जुन संविधानको प्रयोग गरेर सत्ता जाने, भत्ता खाने अनि त्यही संविधान जलाउने ?,” यादवले प्रश्न गरे, “यो कस्तो विडम्बना भयो ? प्रदेशमा तीनै दलहरू संघीयताको जन्मदाता हौँ भन्छन् ।” उनले संविधानमा भएका कमजोरी सुधार्न सकिने भन्दै संविधान नै अस्वीकार गरेर सत्ताको लाभ लिनु अनैतिक हुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *