युट्युबमा रुचाइँदै गणेश र गरिमाको जोडी

डिसी नेपाल
४ असोज २०७८ १०:१६
148
Shares

काठमाडौं । रिता भण्डारीको ‘तिम्रो काखमा’ बजारमा आएको छ। कलाकार गणेश हमाल र गरिमा शर्माले अभिनय गरेको ‘तिम्रै काखमा’ गीतको म्युजिक भिडियो ओएसआर डिजिटलको डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो।

गीत दर्शकहरुले धेरै रुचाइरहेका छन्। कुशलराज खडकाको आवाजमा रहेको उक्त गीतमा मनोज चौलागाईँले म्यूजिक भरेका छन्।

पछिल्लो समयका चर्चित मोडल गरिमा र गणेशले म्युजिक भिडियोमा उत्कृष्ट अभिनय गरिरहेका छन्। गीतमा प्रेम र प्रेमबाट प्राप्त हुने ऊर्जालाई सुमधुर शैलीमा प्रस्तुत गरिएको छ।

गीतको म्युजिक भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गरेका हुन् भने चक्र बरालको छायांकन तथा अनिल रानाको सम्पादन छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *