बैतडीमा जिप दुर्घटना हुँदा तीनजना घाइते

डिसी नेपाल
४ असोज २०७८ ११:०६
80
Shares

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-२ देहिमाण्डौँमा जिप दुर्घटना हुँदा तीनाजना घाइते भएकाछन्। दशरथचन्द नगरपालिका-७ ढणौनबाट देहिमाण्डौँ तर्फ आउदैँ गरेको भे १ च १११६ नम्बरको जिप बिहान साढे ९ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका २६ वर्षीय चालक जनक चन्दको हातमा गम्भीर चोट लागेकाे भने बाँकी दुईजनाकाे अवस्था सामान्य रहेको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरी चौकी देहिमाण्डौँका प्रहरी सहायक निरीक्षक केशबसिंह भण्डारीले बताए।

उकालोमा ब्रेक फेल भएकाले दुर्घटना भएको हुनसक्ने र यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *