अमेरिका पठाइदिने भन्दै १४ रोहिङ्ग्या शरणार्थी नेपाल ल्याउने तीन एजेण्ट पक्राउ

डिसी नेपाल
४ असोज २०७८ १९:००
928
Shares

काठमाडौं । अमेरिका पठाइदिने भन्दै बंगलादेशका रोहिङ्ग्या नागरिकलाई नेपाल ल्याउने तीन जना विदेशीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले दुई वर्मेली र एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको हो ।

बंगलादेशको शरणार्थी शिविरमा रहेका उनीहरुलाई अमेरिका पठाउने भन्दै नेपाल ल्याएको आरोपमा वर्मेली नागरिक २७ वर्षका नरुल अमिन र २७ वर्षका सफिक आलम तथा बंगलादेशी नागरिक ३० वर्षका अजमत उल्लाह पक्राउ परेको व्यूरोका प्रमुख डिआइजी धिरज प्रताप सिंहले जानकारी दिए ।

काठमाडौंमा कपडा बेच्दै हिँड्ने वर्मेली नागरिक नरुल अमिन सोमबार पक्राउ परेका हुन् भने सामाखुशीको कान्तिपुर हार्डवेयरमा काम गर्ने वर्मेली नागरिक सफिक र टंकेश्वरमा कपडा पसल सञ्चालन गर्ने वंगलादेशी नागरिक अजमत असोज २ गते पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार २० दिनअघि १४ जना रोहिङग्यालाई नेपाल ल्याएको थियो । स्थल मार्ग हुँदै उनीहरुलाई नेपाल ल्याइएपछि सिआइबीले उनीहरुलाई ल्याउने एजेण्टको खोजी गरिरहेको थियो ।

व्यूरोका अनुसार नेपालबाट अमेरिका, युरोप लगायतका देश पठाइदिने, नेपाल पुगेपछि अमेरिका जाने परिचय पत्र पाइने, मासिक भत्ता पनि राम्रो पाइने भनी प्रलोभन देखाई ढाकादेखि काठमाडौं ल्याएको २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) लिएका थिए । यसअघि पनि रोहिङग्या शरणार्थीहरुलाई दलालहरुले नेपाल ल्याएर राख्ने गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.