सुदूरपहाडमा भूकम्पको धक्का

डिसी नेपाल
४ असोज २०७८ २२:१८

बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्पको धक्का महसुस गरिएको छ । आज अपराह्न साढे ४ बजे गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब २ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाको खर्रा क्षेत्र आसपास रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत भदौ २६ गते पनि भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी क्षेत्र केन्द्रविन्दु भएर ५ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *