भारतीय तस्करको आक्रमणबाट नेपाली सशस्त्र प्रहरी घाइते

डिसी नेपाल
५ असोज २०७८ १३:०४
28
Shares

काठमाडौं। कन्चनपुरको दोधाराचाँदनी नगरपालिका– ८ सुन्दरनगर क्षेत्रमा भारतीय तस्कर समूहले गए राति नेपाली सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुंगामुढा प्रहार गरेको छ। ढुंगामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन्।

गएराति भारतबाट नेपालमा अवैध रूपमा चिनी भित्र्याइरहेका वेला सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि तस्कर समूहले आक्रमण गरेको हो। आक्रमणमा परी सशस्त्र प्रहरीका जवान सुदीप सुनारसहित तीन सशस्त्र प्रहरी घाइते भएका छन्।घटना गए राती १०ः३० तिर भएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.