सर्पको टोकेपछि एक बालकको मृत्यु

डिसी नेपाल
५ असोज २०७८ १९:४३
124
Shares

काठमाडौँ । बागलुङको बरेङ गाउँपालिका–३ नयाँ बजारका अनुप खत्रीलाई सर्पले डसेर मृत्यु भएको छ ।

सर्पले टोकेर घाईते खत्रीलाई उपचार गर्न गुल्मी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
पठनपाठनको लागि विद्यालय गएका मृतक खत्रीलाई कक्षा कोठामा सर्पले टोकेको प्रहरी सहायक निरीक्षक अमृत कुँवरले जानकारी दिए ।
सुरुमा केले टोक्यो भन्ने थाहा भएन । कक्षा कोठाबाट सर्प बाहिर निस्केपछि मात्र सर्पले टोकेको पहिचान भएको थियो ।

बिरामी जटिल हुँदै गएपछि नजिकको स्वास्थ्य चौकीमा जाँदा खत्रीको शरीरमा अक्सिजनको मात्रा कमी देखिएको थियो । गुल्मी शान्तिपुरको एक अस्पतालमा लगे पनि उपचार हुन नसकेपछि मृत्यु भएको हो । रिमबहादुर खत्रीको पाँच वर्षीय छोरा  जनता प्राविको कक्षा एकमा अध्ययनरत विद्यार्थी हुन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.