डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सत्तारुढ गठबन्धनमा सहमति
काठमाडौं । लामो समयसम्म सरकार विस्तार गर्न नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी गरेका छन् ।
संयुक्त्त राष्ट्रसंघकाे महासभामा नेपालले प्रतिनिघिसमेत छन्न नसकेकाे बेला रुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा परराष्ट्रमन्त्री नियुक्तिकाे तत्काल अावश्यकता परेकाेबारे सहमति जुटेकाे बताइएकाे छ । दलका नेताहरूबीच साे मन्त्रालय नेपाली कांग्रेसकाे भागमा पार्नेबारे पनि सहमति भएकाे स्राेतले बताएकाे छ । साे पदमा देउवाले निकटस्थ मानिएका सांसद नारायण खड्का लाइ नियुक्त गर्ने तयारी गरेका छन् ।
याे कुराकाे जानकारी देउवाले दलहरूबीचकाे बैठकमै पनि दिएकाे बताइएकाे छ । देउवाकाे हताराे हेर्दा खड्काकाे नियुक्ति तत्काल हुने देखिएकाे स्राेतकाे दावी छ । कांग्रेसमा कुनै गडबढी भएन भने खड्काकाे शपथ ग्रहणा भाेलि नै पनि हुन सक्छ ।
सरकार विस्तारका लागि मन्त्रालय भागवण्डाबारे थप छलफल अावश्यक रहेकाे भन्दै भोलि पनि शीर्ष नेताहरूकाे बैठक बस्दै छ ।







डिसी नेपाल








Facebook Comment