मन्त्री बनेको १२ घण्टा नपुग्दै खड्काको अमेरिका यात्रा
काठमाडौं । परराष्ट्र मन्त्रीको सपथ ग्रहणको तयारीमा रहेको नेपाली कांग्रेसका सांसद डा. नारायण खड्का मन्त्री पद सम्हालेको १२ घण्टा नवित्दै अमेरिका प्रस्तान गर्ने भएका छन्।
मंगलबार बसेको सत्तारूढ गठबन्धनकाे बैठकले डा. खड्कालाई परराष्ट्रको जिम्मेवारी दिने सहमति गरेको थियो। डा. खड्का नेपाली कांग्रेसको विदेश विभाग प्रमुखसमेत रहेका छन्।
संयुक्त राष्ट्र संघको ७६औँ महासभामा भाग लिन नेपालबाट प्रतिनिधि मण्डलसहित उनी अमेरिका जानु पर्ने छ। राष्ट्रपतिको कार्यालय अनुसार सपथको तयारी भए पनि समय तय भएको छैन।
परराष्ट्र मन्त्रालयका अनुसार सकेसम्म आजै नभए भोली विहानै राष्ट्रसंघको महासभाको लागि अमेरिका जानु पर्ने छ। परराष्ट्रमन्त्री सँगै सचिव भरतराज पौडेल, युएन महाशाखाका प्रमुखलगायत अधिकारीहरू न्युयोर्क जाने तयारी गरेको मन्त्रालयले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment