कानुन मन्त्रीका गाडीले मात्र बर्षमा २६ सय लिटर तेल खर्च !
काठमाडौँ । सरकारी नियमअनुसार सहसचिवभन्दा तलका कर्मचारीलाई गाडी सुविधा दिइँदैन तर अरुलाई कानुन र नियमको पाठ सिकाउने कानुन मन्त्रालयमा उपसचिव तहका लागि ६ वटा गाडी सुविधाका सरकारी गाडी चढ्दै आएको भेटिएको छ ।
कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयमा १७ वटा चार पांग्रे गाडी रहेको भेटिएको छ । जसमध्ये मन्त्रीका लागि दुई वटा,सचिवका लागि १,५ सह सचिवका लागि एक एक वटा र उपसचिव ५ जनाका लागि एक एक वटा गाडी छुटटाइएको भेटिन्छ । मन्त्रीका स्वकीयको लागि समेत गाडी छुट्टाइएको छ भने पुलमा एउटा गाडी राखिएको छ । मन्त्रालयका कतिपय उपसचिवले कार्यालय प्रयोजनका लागि खरिद गरिएको गाडी व्यक्तिगत रुपमा समेत चढ्दै आएका छन् । कार्यालय प्रयोजनका लागि खरिद गरिएको गाडी उपसचिवहरुले आफ्नै घरमा लगेर राख्न नमिल्ने भए पनि कतिपय उपसचिवले चालकसहित गाडी घर लैजाले गरेका भेटिएको छ । त्यहाँ ४० वटा बाइक रहेको भेटिएको छ । मन्त्रीका गाडीले मात्र बर्षमा २६ सय लिटर तेल खर्च भएको सो कार्यालयले उपलव्ध गराएको विवरणमा भेटिन्छ ।
सरकारले खर्च कम गर्न भने पनि अधिकांश कर्मचारीहरुको रोजाईमा कार नै पर्ने गरेको देखिन्छ । सरकारले सिंहदरबारभित्रका कर्मचारीलाई लक्षित गरेर ९ वटा बसमात्र सञ्चालन गरिरहेको भए पनि सिंहदरबारभित्रका अधिकांश कर्मचारीहरु कारमा हुँइकिने गरेका छन् । सञ्चालनमा रहेका ९ वटा बसमध्ये केही खाली गुड्ने गरेको भेटिन्छ । सरकारले सहसचिव भन्दा तलका कार्मचारीलाई व्यक्तिगत सुविधाका लागि गाडी दिने मापदण्ड नभए पनि उपसचिव र अधिकृतलाई आवश्यकता अनुसार दुईपांग्रे सवारी सुविधामा दिइँदै आएको छ। तर सिंहदरबार भित्रका सचिव तथा सहसचिवका चालकले समेत मोटरसाइकल सुविधामा लिने गरेका भेटिन्छ ।







डिसी नेपाल








Facebook Comment