राष्ट्रिय निकुञ्जबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

डिसी नेपाल
७ असोज २०७८ १७:२७
36
Shares

काठमाडौं । खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दिलबहादुर जेठारा र वीरेन्द्रबहादुर कार्की पक्राउ परेका छन् ।

बझाङ खप्तड छान्ना गाउँपालिका १ का ५९ वर्षीय जेठारा र ३५ वर्षीय कार्कीलाई निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट नेपाली सेनाले एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने पाँच थान गोली, बारुद दुई डिब्बा तथा बन्दुकको केप एक डिब्बा बरामद गरेको सिंहसारदुल गुल्म खप्तडले जनाएको छ ।

गुल्मका अनुसार उनीहरूलाई खप्तड राष्ट्रिय निकुञ्जको पौवागढीबाट पक्राउ गरिएको हो । पक्राउ परेकाको बयान लिने काम भइरहेको बताउँदै उनले आवश्यक कानुनी कारबाहीका लागि जिल्ला न्यायधिवक्ताको कार्यालयमार्फत अभियोग दर्ता गरिने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.