योजना आयोगका उपाध्यक्ष साउदद्वारा राजीनामा

डिसी नेपाल
८ असोज २०७८ २१:१८
40
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष केशरवहादुर साउदले मुख्यमन्त्री त्रिलोचन भट्टलाई सम्बोधन गरेर शुक्रबार राजीनामापत्र दिएका छन्।

मुख्यमन्त्री भट्टका निजी सचिव कृष्णराज जोशीले इमेलबाट राजीनामा आएको बताउँदै सक्कलपत्र आएपछि राजीनमाबारे छलफल गरिने बताए । एमालेसम्बद्ध मन्त्रीहरू प्रदेश सरकारबाट बाहिरीएपछि प्रदेश सरकारलाई काम गर्न सहज होस् भनेर राजीनामा दिएको र सक्कल कुरियरबाट पठाएको बताइएको छ ।

साउदलाई गत वर्ष पुस १३ गते प्रदेशको मन्त्रीपरिषद्को बैठकले उनलाई प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । आयोगको अध्यक्षमा मुख्यमन्त्री अध्यक्ष रहने व्यवस्था छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *