मनसुन निस्क्रिय : ठूलो पानी पर्ने सम्भावना छैन

डिसी नेपाल
९ असोज २०७८ ८:११

काठमाडौं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागबाट दक्षिणतिर लागेसँगै मनसुन निस्क्रिय भएको छ। मनसुनको उत्तरार्धमा ठूलाे पानी पर्ने क्रम रोकिएसँगै काठमाडौं उपत्यकामा चर्काे घाम लाग्न थालेको छ।

मौसमविद्का अनुसार नेपालमा मनसुन निस्क्रिय भइसकेको र न्यून चापीय प्रणालीको पनि त्यतिधेरै प्रभाव नरहेकाले ठूलो पानी पर्ने सम्भावना छैन। ‘हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ, तर ठूलो पानी पर्ने देखिँदैन,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘मनसुन कहिलेसम्म रहन्छ भनेर वाच गरिरहेका छौं।’

नेपालमा तीन दिनको मात्र मौसम पूर्वानुमान गरिन्छ। त्यसैले मनसुन कहिले अन्त्य हुन्छ भनेर मौसमविद्ले आँकलन गरिसकेका छैनन्।

यस वर्षदेखि संशोधित तालिका अनुसार औसतमा २ अक्टुबरसम्म मनसुन अन्त्य भइसक्नुपर्छ। मनसुन अन्त्यको अवधि यसअघि २३ सेप्टेम्बर रहे पनि पछिल्लो १० वर्षको ट्रेन्डका आधारमा नयाँ तालिका बनाइएको थियो।

नेपालमा २८ जेठमा मनसुन भित्रिएको थियो। यस वर्षको मनसुनले सबैभन्दा ठूलो विपत्ति सिन्धुपाल्चोकको मेलम्चीमा निम्त्याएको छ।

मनसुन अन्त्य भएपछि नेपालमा खासै वर्षा हुँदैन। पाेस्ट-हिउँदपछि हिउँदेयाम सुरु हुन्छ। हिउँदमा हल्कादेखि मध्यम वर्षा हुने भए पनि ठूलाे वर्षाकाे सम्भावना भने न्यून हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *