१४ वर्षकी किशोरी बलात्कारका आरोपी शिक्षक पुर्पक्षका लागि थुनामा

डिसी नेपाल
१० असोज २०७८ १०:१९
148
Shares

काठमाडौं । जिल्ला अदालत लमजुङले १४ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका शिक्षक प्रकाश थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। राइनास नगरपालिका भैरव माविका शिक्षक थापालाई जिल्ला अदालत लमजुङले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

जिल्ला अदालत लमजुङमा भएको थुनछेकको बहसपछि जिल्ला अदालतका न्यायाधीश पुनाराम खनालको आदेशले शिक्षक थापालाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

पीडित छात्राले गत भदौ १ गते राइनास– ९ मोहोरियाकोट निवासी शिक्षक थापा र सोही ठाउँका अर्जुनविक्रम थापाले आफूलाई विभिन्न समयमा जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय लमजुङमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरीलगत्तै अर्जुनविक्रम थापा पक्राउ परेका थिए।

शिक्षक थापालाई भने भदौ १४ गते प्रहरीले पक्राउ गरेको हो । बलात्कारका अर्का आरोपित अर्जुनविक्रम थापा तीन लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *