किरण गजमेरको नयाँ गीत ‘मोहनी मन्तर’को म्युजिक भिडियो सार्वजनिक [भिडियाे]
‘द भ्वाइस अफ नेपाल ३’का बिजेता किरण गजमेरको नयाँ गीत ‘मोहनी मन्तर’को म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गीतकार डि.पी खनालको शब्द रचना रहेको गीतमा अम्बर तुम्बापो सुब्बाको संगीत तथा साहस शाक्यको संगीत संयोजन रहेको छ।
हाल टिकटक तथा म्युजिक भिडियोका चर्चित जोडी बिना राउत र सरोज राना प्रजाको अभिनय रहेको नृत्यपरक भिडियोका छांयाकार नबराज उप्रेती हुन। नवीन निरौलाको सम्पादन रहेको भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ।
नक्षत्र फाउन्डेसनको निर्माण सहयोगमा बनेको यो म्युजिक भिडियोलाई “अम्बर तुम्वापो सुब्बा” अफिसियल को अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment