यस्ताे छ साफ फुटबल खेल्ने २३ सदस्यीय नेपाली टोली

डिसी नेपाल
१० असोज २०७८ १८:२८
280
Shares

काठमाडौं । आगामी साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले माल्दिभ्सको मालेमा हुने साफका लागि २३ सदस्यीय टोली घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले डिफेन्डर राजन गुरुङ र गोलरक्षक विकेश कुथुलाई बाहिर राख्दै टोली घोषणा गरेका हुन् । राजनले भारतसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । विकेश भने नेपाली टोलीका नियमित सदस्य हुन् । प्रशिक्षक अब्दुल्लाहले दुवैलाई बाहिर राखेका छन् ।

साफअघि आज नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै छ । कतारको युनिभर्सिटी मैदानमा खेल स्थानीय समयअनुसार रातको ७ बजे हुनेछ ।

हाल फिफा वरीयतामा ओमान निकै नै बलियो स्थितिमा रहेको छ । ओमान पछिल्लो वरीयताअनुसार ७८ स्थानमा रहँदा नेपाल १६८ स्थानमा रहेको छ ।

साफको तयारीमा रहेको नेपाली टिम यतिबेला कतारमा रहेको छ । यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपाली टिम कतारबाट साफका लागि २७ सेप्टेम्बरमा माल्दिभ्स जानेछ ।

आगामी १ देखि १६ अक्टोबरसम्म मालेमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

नेपाल र माल्दिभ्सबीचको खेल १५ असोजमा हुनेछ । दोस्रो खेल १८ असोजमा श्रीलंकासँग खेल्नेछ । नेपालले तेस्रो खेल २४ असोजमा भारतसँग खेल्दा २७ असोजमा बंगलादेशसँग खेल्नेछ ।

तालिकाका शीर्ष दुई टोलीले ३० असोजमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यस पटक साफमा पाकिस्तान र भुटानको सहभागिता रहनेछैन ।

नेपाली टिम

गोलरक्षकः किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की

डिफेण्डरः दिनेश राजवंशी, अनन्त तामाङ, सुमन अर्याल, गौतम श्रेष्ठ, रोहित चन्द, पुजन उपरकोटी

मिडफिल्डरः तेज तामाङ, सन्तोष तामाङ, सुमन लामा, सुरज जिउ ठकुरी, आयुष घलान, कमल थापा, सुजल श्रेष्ठ, नितिन थापा, मनीष डाँगी, अन्जन बिष्ट, विशाल राई, सुनिल बल

स्ट्राइकरः नवयुग श्रेष्ठ, आशिष लामा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *