दसैँतिहार नजिकिएसँगै सस्तोमा चामल बेच्दै नेपाल खाद्य संस्थान
काठमाडौं। नेपालीहरुको महान पर्व विजयादशमी, दीपावली र छठ नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ ।
अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा संस्थानले बिक्री गर्न थालेको हो । निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले दसैँतिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ ।
मसिनो चामल ३० किलोग्रामको बोरा एक हजार ५१५ मा बिक्री गरिरहेको कार्यालय सहयोगी दानबहादुर निदालले बताए । सामान्यतया अरू समयमा संस्थानले यस चामललाई एक हजार ६२५ मा बिक्री गर्दै आएको थियो । यस्तै मोटा चामल ३० किलोग्रामको बोरालाई एक हजार २१५ पर्ने उनले बताए । दैनिक चार÷पाँच क्विन्टलको अनुपातमा चामल बिक्री हुने गरेको उनले बताए । संस्थानको चामल अलग्गै प्याकेजिङ हुने गरेको छ ।







डिसी नेपाल








Facebook Comment