बजारमा हल्ला भएअनुसार अभाव छैनः वाणिज्य सचिव
काठमाडौं । सरकारले चाडपर्वका लागि खाद्य सामग्री मौज्दात पर्याप्त मात्रामा रहेको भन्दै अभाव नहुने जनाएको छ । समितिमा भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले अभाव नहुने बताएका छन् ।
उनले सरकारी कम्पनी तथा निजी उद्योगी व्यवसायीसँगले दिएको तथ्याङ्कअनुसार चिनी, तेल तथा चामलको मौज्दात पर्याप्त रहेको बताउँदै बजारमा हल्ला भएअनुसार अभाव नभएको बताए। समितिका सदस्यको प्रश्नको जवाफ दिँदै साल्ट टे«डिङ कर्पोरेशनका महाप्रबन्धक उर्मिला श्रेष्ठले कम्पनीसँग मौज्दात रहेको चिनी सकिएपछि काठमाडौँमा मात्रै बिक्री वितरण गर्नुपरेको बताए । उनले भन्सार छुटमा चिनी आयातको अनुमति नपाउँदा कम्पनीसँग रहेको मौज्दात चिनी सकिएपछि काठमाडौँमा मात्रै बिक्री वितरण गर्नुपरेको स्पष्ट पारे ।
“हामीले धरै अगाडीदेखि नै मन्त्रालयमा चिनीको मौज्दात सकिन लागेको र थप खरिदको अनुमति माग गरेका थियौँ । भन्सार छुटमा चिनी खरिदको अनुमति नपाएपछि हामीले जति मौज्दात छ सोही नै बिक्री वितरण गर्दै आएका छौँ’, उनले भने, “दुर्गमका जिल्लामा नूनको भण्डारण भइसकेको छ । हामीसँग ११ महिनाका लागि पुग्ने नून मौज्दात छ, अभाव छैन ।”







डिसी नेपाल








Facebook Comment