कपनबाट हराएका बालक भारत पुर्याइएको प्रहरीको दावी
काठमाडौं । काठमाडौंको कपनबाट हराएका चार बर्षीय बालक पियुष शर्मालाई भारत पुर्याइएको प्रहरीले दावी गरेको छ । उनलाई अपहरण गरेर बालकलाई भारत पुर्याएको प्रहरीले जनाएको छ । भारतीय प्रहरीको समेत सहयोगमा खोजी गर्ने क्रममा बालक भारत पुर्याएको प्रहरीले जनाएको छ ।
भारत घर भइ कपनमा बस्दै आएका काठ मिस्त्री विनोद शर्माका छोरा पियुस सोमबार दिउँसो साढे ४ बजे हराएका थिए । उनीहरुसँगै कपनमै बस्दै आएका शंकर दासले बालक अपहरण गरी लगेको देखिएको प्रहरी जनाएको छ । बालकलाई भारत पुर्याउने दासलाई भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइसकेको प्रहरीको दावी छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment