लोसपा दलको नेतामा सोनल चयन

डिसी नेपाल
१२ असोज २०७८ २२:११
28
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् ।

पार्टीभित्र सर्वसम्मति नभएपछि भएको चुनावी प्रक्रियामा सोनल नौ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी उपेन्द्र महतोले छ मत मात्र प्राप्त गरे । सोनल लोसपा पार्टी अध्यक्ष महन्थ ठाकुर निकट मानिन्छन् भने महतो वरिष्ठ नेता राजेन्द्र महतोका भतिज हुन् । राजेन्द्र महतो निकट अधिकांश सांसदले जनता समाजवादी पार्टीलाई रोजेपछि उनको पार्टी कमजोर भएको छ ।

यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ का दलका नेता पनि सोनल नै थिए । दलको नेता छनोट गर्न अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झासहितका शीर्ष नेता जनकपुर आएका थिए । बैठकले संसदीय दलको विधान पारितसमेत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.