आज मुलुकका धेरै स्थानमा वर्षा हुने

डिसी नेपाल
१३ असोज २०७८ ७:३०
88
Shares

काठमाडौं । आज बुधबार मुलुकका धेरै स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना छ। मनसुनको उत्तरार्धमा ठूलो वर्षाको सम्भावना नरहे पनि फाटफुट पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

बंगालको खाडीको उत्तर पश्चिम भूभाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव छ। हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर छ।

बुधबार बिहान काठमाडौं उपत्यकामा पारिलो घाम लाग्न सकेको छैन । बिहान मुलुकका केही स्थानमा वर्षा भएको छ । आज दिउँसो धेरै स्थान र राति थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *