राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाकाे चार वर्ष : तर, शैक्षिक कार्यक्रम नै सुरु भएन

डिसी नेपाल
१३ असोज २०७८ १०:०२
48
Shares

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान स्थापना भएको चार वर्ष पूरा हुँदा पनि शैक्षिक कार्यक्रम सञ्चालन हुन सकेको छैन।

स्वास्थ्य सेवा र शिक्षालाई प्रभावकारी बनाउने गरी ‘एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’ अन्तर्गत राप्ती प्रतिष्ठान स्थापना भएको हो। प्रतिष्ठानले मंगलबार मात्र स्थापना दिवस मनाइसक्दा पनि शैक्षिक सत्र कहिलेबाट सुरु हुन्छ यकीन हुन सकेको छैन।

चार वर्षसम्म पूर्वाधार निर्माणमा लागेको र पूर्वाधार भएपछि मात्रै शैक्षिक कार्यक्रम सुरु गरिने उपकुलपति प्राडा संगीता भण्डारीले बताइन्।

प्रतिष्ठान स्थापना भए पनि एक वर्ष राप्ती उपक्षेत्रीय अस्पतालसँगको स्वामित्व विवादले १२ असोज २०७५ बाटमात्रै प्रतिष्ठान अस्तित्वमा आएर कार्यसम्पादन सुरु गरेको थियो।

‘यो अवधिमा भौतिक पूर्वाधार निर्माण, विशेषज्ञ चिकित्सक व्यस्थापन, आधुनिक उपकरण व्यवस्थापन र अक्सिजन प्लान्ट निर्माणका काम भएका छन्,’ उनले भनिन्।

प्रतिष्ठान चार वर्षमा प्रवेश गरेको अवसरमा नवनिर्मित २५ वेडको एक्स्टेण्ड हेल्थ सर्भिसको प्रयोजनका लागि निर्माण गरिएको वार्डको उद्घाटन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *