एमाले अध्यक्ष ओली गोदावरीमा
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारबाट सुरु हुने पार्टीको पहिलो विधान महाधिवेशनस्थल पुगेर तयारीबारे जानकारी लिएका छन् । यही असोज १५ देखि १७ गतेसम्म आयोजना हुन लागेको पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा जानकारी लिन उनी गोदावरी पुगेका हुन् ।
अध्यक्ष ओलीसँगै पार्टीका महासचिव ईश्वर पोखरेल, कार्यालय सचिव शेरबहादुर तामाङ, केन्द्रीय सदस्य सुशीला नेपाल, पार्टीको ललितपुर अध्यक्ष हरिकृष्ण व्यवञ्जनकारलगायत गोदावरी पुगेका थिए । उनले व्यवस्थापन समितिलाई यहाँ आउने प्रतिनिधिलाई सजिलो हुने गरी व्यवस्थापन गर्न निर्देशन दिएको केन्द्रीय सदस्य नेपालले बताए । सो अवसरमा अध्यक्ष ओलीले सबै किसिमका तयारी समयमा नै सकाउन निर्देशन दिएका थिए ।
ओलीले मिडिया सेन्टर सञ्चालनमा भइरहेको तयारीबारे समेत चासो राखेका थिए । उनले सञ्चारमाध्यमलाई दैनिक ब्रिफिङ गर्ने र सञ्चारकर्मीहरुलाई सहज हुने गरी छुट्टाछुट्टै ठाउँको व्यवस्था गर्न आयोजक कमिटीलाई निर्देशन दिए ।







डिसी नेपाल








Facebook Comment