महिलाको चरित्र हत्या गर्ने ४ जना युट्युबर प्रहरीको फन्दामा

डिसी नेपाल
१३ असोज २०७८ १८:१४
4
Shares

काठमाडौं । युट्युव च्यानलमार्फत चरित्रहत्या गर्ने व्यक्तिहरु प्रहरीको फन्दामा परेका छन् । प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले युट्युव च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडिओ, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने व्यक्तिहरु पक्राउ परेका गरेको हो ।

एक पीडित महिलाको उजुरीका आधारमा ब्यूरोले काठमाडौंबाट युट्युब च्यानलका सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार यी च्यानलमार्फत महिलाको तस्वीरसहित चरित्रहत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्‍याई पीडितप्रति घृणा र द्वेष फैलाउने सामग्रीहरु प्रसारण भएको थियो । प्रहरीले ‘दैनिक खबर’ युट्युव च्यानलका सञ्चालक प्रदिप भण्डारी, ‘हरेक पलको खबर’ युट्युव च्यानलका सञ्चालक शिशिर अधिकारी, ‘सारैचुली मिडिया’ युट्युव च्यानलकी सञ्चालक पिंकला कार्की र ‘मोडर्न अनलाइन टिभी’ युट्युव च्यानलका सञ्चालक रोधन तमाङलाई पक्राउ गरेको हो ।

आरोपित युट्युवरले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकाले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई बुधबार पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.