संसद् बैठक बस्दै, दलसम्बन्धी अध्यादेश खारेजको पत्र पढेर सुनाइने
काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको नवौँ अधिवेशनको नवौँ बैठक बिहीबार दिउँसो बस्दैछ।
बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ।
बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्रको व्यहोरा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने उल्लेख छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ११ असोजमा अध्यादेश खारेज गरेकी थिइन्।
बिहीबारको बैठकमा महालेखा परीक्षकको कार्यालयको ५८औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। यो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गर्नेछन् । महालेखाले गत भदौमा राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाएको थियो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment