बागमती नदीमा महिलाको शव भेटियो

डिसी नेपाल
१४ असोज २०७८ ८:४८
148
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदीमा महिलाको शव फेला परेको छ। बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको महानगरीय प्रहरी वृत बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिए। उनका अनुसार शव अर्ध नग्न अवस्थामा छ।

शव नदीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको न्यौपानेले बताए। शव पोष्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल महाराजगंज पठाइएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *