एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुल्यो, कहिलेसम्म भरिसक्नुपर्छ ?
काठमाडौं। २०७८ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा समावेश हुनका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुलेको छ। राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गरी ‘कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा बैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारका विद्यार्थीलाई आजबाट कात्तिक मसान्तभित्र आवेदन फाराम भर्न’ भनेको हो । परीक्षा शुल्क पाँच सय रुपैयाँ तोकिएको छ।
परीक्षार्थीको फाराम १० मंसिरभित्र शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्नेछ भने १५ पुसभित्र परीक्षा नियन्त्रण कार्यालयमा पेस गरिसक्नुपर्नेछ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment