एयर इण्डिया ६८ वर्षपछि पुनः टाटासमूकै स्वमित्वमा
काठमाडौं । भारतीय सरकारी एयर इण्डियालाई टाटा ग्रुपले खरिद गरेको छ। सरकारको स्वमित्वमा रहेको एयर इण्डिया अब उप्रान्त टाटा ग्रुपको हुने छ।
६८ वर्ष पहिला सन् १९३२ मा टाटा ग्रुपले सुरु गरेको टाटा एयर सर्भिस दोस्रो विश्वयुद्ध पश्चात भारतीय सरकारी कम्पनी भएको थियो।
टाटासमूहका जे आर डि टाटा यस उक्त कम्पनीका मालिक थिए। उनी आफै टाटा एयरका पाइलट पनि थिए।
सरकारले गरेको टेण्डरमा स्पाइडर जेटका अध्यक्ष अजय सिंह भन्दा बढी मूल्यदाबी गर्दै टाटा समूहले उक्त एयर लाइन्सलाई खरिद गरेको हो।
यो डिलमा मुम्बइमा रहेको एयर इण्डियाको मुख्य असिफ र दिल्लीस्थित एयरलाइन्स हाउस पनि सामेल गरिएको भारतीय संचार माध्यामले जनाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment