जीवन बचाउन रक्तदान
काठमाडौँ । मानवको जीवन रक्षा गर्ने उद्देश्यले तीन लायन्स क्लब मिलेर रक्तदान कार्यक्रम गरेका छन् । लायन्स क्लब अफ काठमाडौँ हाइट, आयन्स क्लब अफ ओखलढुङ्गा पोकली वाटरफल र लायन्स क्लब अफ काठमाडौँ ब्राभोको संयुक्त आयोजना गरेको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।
लायन्स क्बल जोन चियर पर्सन गुरु केदार बरालले कोभिड–१९ को जोखिमका कारण अस्पतालहरूमा रगतको कमी भइरहेको थाहा पाएपछि मानव जीवन बचाउन उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
“रगतको अभावका बिरामीको अकालमा ज्यान नजाओस् र ज्यान बनाउन सकियोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोगजना गरिएको हो”, लायन्स क्लब जोन चियर पर्सन बरालले भने, “लायन्स क्लबले मानव सेवाका निम्ति काम गर्दै आएको छ, समयसमय रक्तदान कार्यक्रम गर्दै आएको छ ।” उनका अनुसार आज सङ्कलन गरिएको रगत थापाथलीस्थित प्रशुतिगृहमा पठाइएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment