अमेरिकाबाट रक्तदाता मैनालीले पठाए दुई व्लड बैंक बनाउन नेपाललाई सहयोग

डिसी नेपाल
१६ असोज २०७८ ३:२९

वासिंगटन डिसी । चर्चित नेपाली रक्तदाता अर्जुन मैनालीले नेपालमा दुईवटा ब्लड बैंक बनाउने एक एक लाख रुपैंया सहयोग पठाएका छन् ।
मैनालीले डिसी नेपाललाई दिएको जानकारीअनुसार, उनले नेपाल रेडक्रस सोसाइटी काभ्रे बनेपालाई एकलाख र त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रलाई एक लाख सहयोग गरेका छन् । नेपालमा रक्तदान अभियानलाई अझ अघि बढाउन र दाताबाट प्राप्त रगतको उचित भण्डारणका लागि भवन निर्माण गर्नका लागि उनले अमेरिकाबाट यी दुई संस्थालाई आर्थिक सहयोग पठाएका हुन् ।


अमेरिका, नेपाल र विश्वभर नै रक्तदानका लागि प्रेरित गर्ने अभियानमा लागेका मैनाली आफैंले पनि हालसम्म २ सय पटक रक्तदान गरिसकेका छन् । एकपटकको रक्तदानले ३ जनासम्म विरामी व्यक्तिको ज्यान बचाउन सकिने भएका कारण रक्तदानलाई महादानका रुपमा विश्वभरि नै लिइदै आएको छ ।


न्यूयोर्कको राज्य सरकार र अमेरिकाका विभिन्न निकायहरुबाट पटक पटक सम्मानित भइसकेका मैनाली भूकम्पले तहसनहस भएको क्यारेवियन मुलुक हैटीमा केही हप्ताअघिको महाभूकम्प लगत्तै पुगेर रक्तदान गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *